Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नक्कली नोटसहित रौतहटबाट दुई जना पक्राउ

    नक्कली नोटसहित रौतहटबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 84
    SHARES

    संकेतिक तस्विर

    रौतहट । प्रहरीले रौतहटबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

    चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन्।



    इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार