Online Nepal
  • आइतबार, २० असोज २०८१
  • खाद्य व्यवस्थाले सुरु गर्‍यो खसीबोका र च्याङ्ग्राको बिक्री, प्रतिकेजी १० रुपैयाँ छुट

    खाद्य व्यवस्थाले सुरु गर्‍यो खसीबोका र च्याङ्ग्राको बिक्री, प्रतिकेजी १० रुपैयाँ छुट

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 78
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

    कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपिैयाँमा आइतबारदेखि बिक्री खुला गरेको हो ।



    यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।



    कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार