Online Nepal
  • आइतबार, २० असोज २०८१
  • दोस्रो अभ्यास खेलमा नेपालको जित

    दोस्रो अभ्यास खेलमा नेपालको जित

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 267
    SHARES

    काठमाडौं । क्यानडामा जारी दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

    नेपालले क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई शनिबार राति २० रनले हराएको हो । योसँगै तीन खेलको श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ ।



    १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १७६ रन बनाएको थियो ।



    नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार