Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • राजेन्द्र लिङ्देन भन्छन् – कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो

    राजेन्द्र लिङ्देन भन्छन् – कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 60
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको आरोप लगाएका छन् ।

    झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।



    उनले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठुला दलका नेताहरूले देशलाई बिगारेको दाबी गरे ।



    ठुलो दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको उनको भनाई छ ।

    उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा दश वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार