Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • लेबनान,यमन र प्यालेस्टाइनमा भीषण बमबारी

    लेबनान,यमन र प्यालेस्टाइनमा भीषण बमबारी

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 156
    SHARES

    एजेन्सी। इजरायलले गाजालगायत प्यालेस्टाइनी भूमि र लेबनानमा निरन्तर हमला जारी राखेको छ ।

    शनिवार बिहानैदेखि इजरायल र लेबनानमा ठूला हमला भएका छन् ।



    इजरायलको आक्रमणमा हालसम्म २ हजारभन्दा बढी निर्दोष मानिस मारिएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    मृत्यु हुनेमा १२७ बालबालिका र २६१ जना महिला छन् । यसैबीच इजरायलले एकोहोरो आक्रमण गरिरहेको लेबनानबाट शनिवार विहान काउन्टर हमला भएको छ ।

    लेबनानबाट उत्तरी इजरायलमा ५ वटा रकेट हमला भएको छ । इजरायली सेनाले हमलाबाट मानवीय क्षतिको विवरण नआएको जनाएको छ ।

    उता यमनमा हुती विद्रोहीलाई निशाना बनाउँदै अमेरिकी सेनाले गोलाबारी गरेको छ । अमेरिकी सेनाले राजधानी सानासहित यमनका मुख्य शहरमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध हमला गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार