Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • वनमा दाउरा लिन गएकी ११ वर्षीया बालिका बलात्कृत, ४० बर्षीय यादव पक्राउ

    वनमा दाउरा लिन गएकी ११ वर्षीया बालिका बलात्कृत, ४० बर्षीय यादव पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 117
    SHARES

    दाङ । बालिका बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका – २ का ४० बर्षीय धर्मराज यादव रहेका छन् ।

    स्थानीय दुर्गा सामुदायिक वनमा दाउरा लिन जाँदै गरेकी ११ वर्षीया एक बालिकालाई शुक्रबार यादवले आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ ।



    इलाका प्रहरी कार्यालय गढवामा पीडित बालिकाले यादवविरुद्ध उजुरी गरेका कारण प्रहरीले शुक्रबार बेलुका अवेर उनलाई पक्राउ गरेको बतायएको छ ।



    प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार