Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा सरकारले विभेद गर्‍यो, तुरुन्त सच्याउनू : प्रभु साह

    विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा सरकारले विभेद गर्‍यो, तुरुन्त सच्याउनू : प्रभु साह

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 117
    SHARES

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले सिफारिस गरेअनुसार आजै मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको थियो ।



    सो लगत्तै पूर्वमन्त्री साहले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।



    उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवारपनको पराकाष्ठा भएको संज्ञा दिए । उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरे ।

    उनले लेखेका छन्, ‘बाढी, पहिरोबाट प्रभावित जिल्लाहरुमा सरकारले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवार एवं सम्प्रदायिकता प्रकाष्टा, यसलाई तुरुन्त सच्याउन विशेष आग्रह ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार