Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • लेबनानमा रहेका नेपाली नागरिकको छिट्टै उद्धार गर्छौं : परराष्ट्रमन्त्री आरजु

    लेबनानमा रहेका नेपाली नागरिकको छिट्टै उद्धार गर्छौं : परराष्ट्रमन्त्री आरजु

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिट्टै उद्धार गरिने बताएकी छन् ।

    संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।



    उनले युद्धका कारण लेबनानमा रहेका नेपालीको उद्धारका लागि नाम संकलन भइरहेको बताइन् ।



    उनले समस्यमा परेका नेपालीहरू सम्पर्कमा आउन नसकेकाले तत्काल सम्पर्कमा ल्याउन पनि परिवारजनलाई आग्रह गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार