Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर शाही गृह मन्त्रालयबाट निलम्बित

    हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर शाही गृह मन्त्रालयबाट निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 1K
    SHARES

    काठमाडौं । हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

    भैंसेपाटी प्रभागमा रहँदा उनले एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेर छाडेका थिइन् ।



    सो घटनामा उनलाई गत १० असोजमा नै निलम्बन सिफारिस भएको थियो । शुक्रबार बल्ल निलम्बनको निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।



    यस प्रकरणमा ललितपुर परिसरले डिएसपी नरहरी अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरी अध्ययन गरिरहेको छ ।

    हालसम्मको अध्ययनमा इन्सपेक्टर समेत यसमा प्रतिवादी बन्ने बलिया आधार भेटिएका छन् । हाल गिरोहका नाइके ताज इस्लामसहित तीन जना थुनामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार