Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • दाङबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

    दाङबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 114
    SHARES

    फाइल तस्विर

    दाङ । दाङ प्रहरीले दुई जना होटेल सञ्चालकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

    रोल्पाको थवाङ गाउँपालिका १ घर भई हाल दाङको घोराही उपमहागनरपालिका-१४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ वर्षीय किशोर सुनार पक्राउ परेका हुन।



    रोल्पा घर भएका र हाल दाङको घोराह- १४ बसापार्क क्षेत्रमा ‘न्यू कोसेली खाजा घर’ सञ्चालन गर्दै आएकी ४७ वर्षीया मीना घर्ती मगर पनि पक्राउ परेकी छन्।



    त्यस्तै घोराही -१० जलौराका २० वर्षीय आकाश बुढा पनि प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

    प्रहरीका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो।

    गोप्य सूचनाका आधारमा सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार पक्राउ गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार