Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • भैंसेपाटी ‘हनि ट्रयापिङ’ प्रकरण : ठेकदार शर्मालाई पनि सोही गिरोहले फसाएको खुलासा

    भैंसेपाटी ‘हनि ट्रयापिङ’ प्रकरण : ठेकदार शर्मालाई पनि सोही गिरोहले फसाएको खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 624
    SHARES

    काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने घटनामा संलग्न गिरोहले विगतमा पनि यसैगरी प्रहरीसँग मिलेर धेरैलाई फसाइसकेको खुलेको छ ।

    सुनसरीका ताज इस्लाम नेतृत्वको समूहले गत जेठमा एमाले नेता तथा ठेकदार विदुर शर्मालाई पनि यसैगरी फसाएर १६ लाख रुपैयाँ असुलेको पुष्टि भएको छ।



    इस्लामलाई ललितपुर प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ । छानबिन गर्ने क्रममा उनीहरूले नै गत जेठमा शर्माविरुद्ध दरबारमार्ग वृत्तमा बलात्कारसम्बन्धि जाहेरी नै दर्ता गरेको समेत खुलेको छ ।



    पछि १६ लाख रुपैयाँ लेनदेन भएपछि मुद्दा फिर्ताका लागि हुलाकमार्फत निवेदन पठाइएको समेत प्रहरी स्रोत बताउँछ । शर्मा दोलखा एमालेका नेता हुन् ।

    दोलखाकै मिटरब्याजी गणेश उप्रेतीसँगको विवादपछि त्यसरी युवती प्रहरी गरेर उनलाई फसाइएको अनुसन्धानमा पत्ता लागेको छ । पछि लेनदेनमा मिलापत्र भएको थियो । त्यसपछि आरोपीलाई प्रहरीले पनि खोजी नगर्नुले यसमा प्रहरीसम्म सेटिङ रहेको समेत आशंका गरिएको छ ।

    हाल ललितपुर प्रहरीले ताज इस्लामसहित सुष्मा विक र भिमाकुमारी थापालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । भैंसेपाटी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीको आपराधिक समूहसँग साँठगाँठ प्रष्ट देखिएपछि उनलाई अझै नियन्त्रणमा लिइएको छैन ।

    साथै, यसमा अन्य केही माथिल्ला प्रहरी अधिकारीको समेत कनेक्सन देखिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विदेशमा भएकाले यो प्रकरणको छानबिन र कारबाहीले सुस्तता पाएको थियो ।

    आईजीपी कुँवरले ब्रिफिङ लिएर यो प्रकरणमा संलग्न कसैलाई पनि नछाडिने बताएको महानिरीक्षकको सचिवालयका एक अधिकृतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार