Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • भैंसेपाटी प्रभागको ‘हनि ट्रयापिङ’ मा संलग्न थप एक पक्राउ

    भैंसेपाटी प्रभागको ‘हनि ट्रयापिङ’ मा संलग्न थप एक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 432
    SHARES

    काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन् ।



    बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो ।



    घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो । तर, एक सातासम्म उनको निलम्बन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार