Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • विश्वमा युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय : परराष्ट्रमन्त्री राणा

    विश्वमा युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय : परराष्ट्रमन्त्री राणा

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 84
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छन् ।

    कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।



    उनले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भूराजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको बताइन् ।



    अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नुपरिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रूपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको उनको भनाइ छ ।

    यस्तै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरू चाल्नुपर्नेमा पनि उनले जोड दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार