Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • विष खुवाएर दुई छोरीको हत्या गरेकी आमा कारागार चलान

    विष खुवाएर दुई छोरीको हत्या गरेकी आमा कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 48
    SHARES

    विराटनगर । विष खुवाएर दुई छोरीको हत्या गरेकी महिला पुर्पक्षका लागि कारागार चलान भएकी छिन् ।

    विष खुवाएर नाबालिका दुई छोरीको हत्या आरोपमा पक्राउ परेकी अस्मिता पौडेल (कार्की) पुर्पक्षका लागि कारागार चलान भएकी हुन् ।



    मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको इजलासले मंगलवार अस्मितालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।



    अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङ चलान भएकी छिन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर दुई नाबालिका छोरीको हत्या गरेपछि अस्मिता फरार भएकी थिइन् । अस्मितालाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार