Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • श्रोत नखुलेको १० लाख रुपैयाँसहित महोत्तरीबाट ललित पक्राउ

    श्रोत नखुलेको १० लाख रुपैयाँसहित महोत्तरीबाट ललित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 84
    SHARES

    महोत्तरी । सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    महोत्तरीको मटिहानीबाट श्रोत नखुलेको १० लाख रुपैयाँसहित एकडारा गाउँपलिका–४ हलखोरीका २३ वर्षीय ललित महारालाई पक्राउ गरेको हो ।



    मटिहानी नगरपालिका–७ स्थित बोर्डर सीमा इलाकामा चेकजाँचको क्रममा महारालाई श्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको बीओपी मटिहानीले जनाएको छ ।



    सशस्त्र प्रहरी वरिष्ठ हवल्दार गगन डाँगीको नेतृत्वमा रहेको टोलीले ज ७ प ७६२८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा महराले ल्याउँदै गरेको दस लाख रुपैयाँ बरामद भएको थियो ।

    बरामद रुपैयाँ, मोटरसाइकल र महराको बारेमा थप अनसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार