Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • कैलालीको लम्कीबाट ८ जना जुवाडे पक्राउ, नगद २७ हजार बरामद

    कैलालीको लम्कीबाट ८ जना जुवाडे पक्राउ, नगद २७ हजार बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 51
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलाली प्रहरीले मोतिपुरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले जिल्लाको लम्कीचुहा नगरपालिका-२ मोतिपुरस्थित अर्जुन डाँगीको घरबाट उनीहरुलाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-२ बस्ने धनन्जय खनाल, सरोज रावल, जगत राज ढुंगाना,आशापति रोकाया, तुलानन्द रिमाल, देवराज बडुवाल, नविन धामी र लोकेश मयाल रहेका छन् ।



    उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरिक्षक दिर्घ बहादुर साउँद कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

    मोतिपुरस्थित अर्जुन डाँगीको घरमा जुवा तास खेलि रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कैलालीका कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए ।

    उनीहरुको साथबाट २७ हजार ७३० र ६ गड्डी तास बरामद गरीएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार