Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 69
    SHARES

    फाइल तस्विर

    झापा । जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ की अन्दाजी ६५ वर्षीय वाङदी गुरुङ रहेकी छन्।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान ९ बजेतिर हल्दिबारी-३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काटी फर्कने क्रममा गुरुङमाथि हात्तीले आक्रमण गरेको थियो ।



    ८ देखि १० वटा हात्तीले लखेटेका उनलाई लछारपछार गरी कुल्चिएर मारेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमै मृत्यु भएका उनको कानुनी प्रक्रिया गरी शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउने तयारी भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार