Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

    झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 159
    SHARES

    काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुलेको छ ।

    धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो ।



    मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



    दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको थियो । गोरखाबाट काठमाडौं आउँदै गरेको ना।४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए ।

    चितवनबाट काठमाडौं आउँदै गरेको बा।२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु। १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।

    मृत्यु हनेहरुमा बुटवल उपमहानगरपालिका –१६ बस्ने वर्ष ३५ का प्रकाश कुँवर, सोही उपमहानगरपालिकाका वर्ष ३३ का ,अनुप तल ठकुरी कुँवर र वर्ष २९ की सिर्जना कुँवर रहेकी छन् ।

    पहिरोमा पुरिएर रुपन्देहीको देवदह नगरपालिका–४का ५० वर्षीयरमेश प्रसाद लुइँटेल, अर्घाखाँचीका बोमबहादुर खाम्चा, धादिङ को धुनिवेशी नगरपालिका–९ बस्ने सुमन बजगाईं, स्याङ्जाको गल्याङ नगरपालिका–३ बस्ने सिता भट्टराई, दिपिक भट्टराई र दिपेश भट्टराई रहेका छन् ।

    त्यस्तै, गुल्मी दरबार गाउँपालिका–७ बस्ने जुद्धबहादुर रायमाझी, प्रमिता भुषाल, कृशव रायमाझी, र नुवाकोट सामरी–५ बस्ने साइमन तामाङको मृत्यु भएको हो ।

    पर्वत कुश्मा नगरपालिका–२ बस्ने पुष्पा शर्मा,गोरखा बारपाक सुलिकोट–७ बस्ने नवराज पन्त, रुकुम पश्चिम मुसिकोट–१५ बस्ने तेजबहादुर विष्ट, गोरखा गण्डकी गाउँपालिका–४ बस्ने नवराज तिवारी, बझाङ जयपृथ्वी नगरपालिका–१ बस्ने नवीन सिंह, चितवन भरतपुर नगरपालिका–२१ की अनिता थापामगर र मकवानपुर मनहरी–९ बस्ने सन्तु विकको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा थप काठमाडौं महानगरपालिका–१६ आनन्द राजवंशी, चितवन खैरहनी नगरपालिका–३का सिद्धार्थ गुरुङ, तनहुँ भानु नगरपालिका–३ बस्ने जनक कुँवर, चितवन भरतपुर–९ बस्ने मोहनदास आचार्य, चन्द्रागिरी नगरपालिका–१का नरेन्द्र खत्री, गोरखा भिमसेन गाउँपालिका–४ बस्ने मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ का विनायक भट्टराई र गोरखा धोर्चे गाउँपालिका–७ बस्ने सुके दमै रहेका छन् ।

    त्यस्तै पहिरोमा बागलुङ बडिगार्ड गाउँपालिका–२का इन्द्रजित राना, भिमकुमारी राना, जुम्ला सिजा गाउँपालिका–६ का हरिबहादुर बुढा, धादिङ ज्वालामुखी गाउँपालिका–२ की लिलामाया तामाङ, सर्लाही चक्रघट्ट गाउँपालिका–६ का वसन्त शाह, सप्तरी सप्तकोसी नगरपालिका–७ का नन्दप्रसाद किशोर चौधरी र तनहुँ ब्यास नगरपालिका–५ का लेखनाथ ओझाको मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार