Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरो पीडितलाई एक लाख दिने मधेस सरकारको निर्णय

    बाढीपहिरो पीडितलाई एक लाख दिने मधेस सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 75
    SHARES

    जनकपुरधाम । मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेको बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाखका दरले राहत दिने भएको छ।

    मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे बुधबार घोषणा गरेका हुन् ।



    मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।



    उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार