Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • सुदूरपश्चिमका सामाजिक विकासमन्त्री खड्कालाई जन्म गाउँमा बाजागाजासहित भव्य स्वागत

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्री खड्कालाई जन्म गाउँमा बाजागाजासहित भव्य स्वागत

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 399
    SHARES

    अछाम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई आफ्नो जन्मभूमिमा भव्य स्वागत गरिएको छ ।

    मन्त्री बनेपछि पहिलो पटक जन्म गाउँ चौरपाटी गाउँपालिका-५ लुंग्रा पुगेका उनलाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।



    उनी मंगलबार दिउँसो दयापिपलतोला माविको ८ कोठे छात्रावास भवन उद्घाटन गर्न पुगेका थिए । सोही अवसरमा उनलाई स्थानीयले बाजागाजा र फुलमालासहित भव्य स्वागत गरेका हुन् ।



    सो कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदसहित ठूलो सङ्ख्यामा स्थानीयहरूको उपस्थित रहेको थियो ।

    खड्काले गत साउन २१ गते सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । मन्त्री खड्का सोमबार मात्र अछाम पुगेका थिए । अहिले उनी गृहजिल्लाका विभिन्न कार्यक्रममा व्यस्त रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार