Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरोमा परेर डिउटीकै क्रममा अस्ताए तीन सैनिक !

    बाढीपहिरोमा परेर डिउटीकै क्रममा अस्ताए तीन सैनिक !

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोमा परेर नेपाली सेनाका तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कर्णेल मिलन केसी, अमलदार नरेन्द्र बहादुर पाल र प्युठ शंकर चन्द रहेका छन् ।



    कर्तव्य पालनको सिलसिलामा उनीहरुको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    प्रमुख सेनानी केसीको सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ४ चिहानेमा पहिरोले पुरिएर ज्यान गएको हो ।

    उनी पहिरोमा पुरिएका कोरियन नागरिकहरूको उद्धारमा खटिएका थिए । सोही क्रममा उनले ज्यान गुमाए ।

    यस्तै अमलदार पाल र प्युठ चन्दले दोलखाको बिगु गाउँपालिकास्थित अपर तामाकोसी हाइड्रो पावरमा ज्यान गुमाए । उनीहरु ड्याम क्षेत्रमा सुरक्षार्थ खटिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार