Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • विश्व शान्तिका लागि एआईलाई सकारात्मक साधनका रूपमा अँगाल्नुपर्छ : परराष्ट्रमन्त्री राणा

    विश्व शान्तिका लागि एआईलाई सकारात्मक साधनका रूपमा अँगाल्नुपर्छ : परराष्ट्रमन्त्री राणा

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 45
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादितरूपमा गरिनुपर्ने बताएकी छन् ।

    कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु सम्मेलनअन्तर्गत आयोजित एसीडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् ।



    उनले भनिन्, “अबको युगमा एआईलाई पछि छोडेर अघि बढ्न सकिँदैन । त्यसैले यसलाई मर्यादितरूपमामानवहितमा प्रयोग गर्नुपर्दछ ।”



    उनले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआईलाई सकारात्मक र सिर्जनात्मक साधनका रूपमा अँगाल्नुपर्ने धारणा पनि राखिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार