Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल , के भयो कुराकानी ?

    गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल , के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 150
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच छलफल भएको छ ।

    उनीहरुबीच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउन छलफल भएको हो।



    गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ÷संगठनका पदाधीकारीहरुबिच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।



    विपद्को स्थितीमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

    गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए।

    अवरुद्ध यातायात सञ्चालदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भएको उनले बताए ।

    गृहमन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्वन्धीत मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार