Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 192
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।



    प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई पक्राउ गरेको छ।



    उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइलसहित पक्राउ गरिएको हो।

    यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

    प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो।

    उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार