Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • मतदातासमक्ष सार्वजनिक सुनुवाइ गर्न चितवन जाँदै रवि, भने – कार्यक्रममा पार्टीको लोगो नलगाइदिनू

    मतदातासमक्ष सार्वजनिक सुनुवाइ गर्न चितवन जाँदै रवि, भने – कार्यक्रममा पार्टीको लोगो नलगाइदिनू

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 168
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असोज १८ गते चितवनमा सार्वजनिक सुनुवाइ गर्दैछन् ।

    सामाजिक सञ्जालमार्फत उनले असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन जाने जानकारी गराएका हुन् ।



    असोज १८ गते बिहान साढे ११ बजे थकाली समाज भवनमा सार्वजनिक सुनुवाइ हुनेछ ।



    आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता रहेको उनले बताए ।

    ‘सबै मतदातालाई आफ्ना प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै, जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकाले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार