Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • त्रिदेशीय टी–२० सिरिज : क्यानडासँग नेपाल चार विकेटले पराजित

    त्रिदेशीय टी–२० सिरिज : क्यानडासँग नेपाल चार विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 249
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ ।

    किंग सिटीमा गएराति भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।



    क्यानडाका लागि साद विन जाफरले अविजित ३३ रन बनाए । कप्तान निकोलस किर्तनले २६ रन जोडे । नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले एक विकेट लिए ।



    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

    राम्रो सुरुवात गरेको नेपालका लागि ओपनर अनिल शाहले सर्वाधिक ४१ रन बनाए । आसिफ शेखले ३० रन जोडे । क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान एक विकेट लिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार