Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप एकजना पक्राउ

    सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 315
    SHARES

    काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    गुल्मीको मुसिकोट नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका १५ खुमलटार बस्ने ३२ वर्षीया लिला पछाईलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनले गितेन्द्र बाबु राईसँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा हालेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने कार्य गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    कास्कीको पोखरा महानगरपालिका-४ नालाकोमुखस्थित सञ्चालनमा रहेको सूर्य दर्शन सहकारीको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरीत हिनामिना एवं अपचलन गरेको पाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले जानकारी दिए ।

    उनीमाथि जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । सोही सहकारी ठगेर जीबी राई फरार अवस्थामा रहेका छन् । उनको प्रहरीले खोजी कार्य जारी राखे पनि भेटाउन भने सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार