Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • ठमेल र सोह्रखुट्टे क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ, जाँदै थिए क्रोएसिया !

    ठमेल र सोह्रखुट्टे क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ, जाँदै थिए क्रोएसिया !

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 207
    SHARES

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टे र ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

    प्रहरीको काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयको टोली गैरकानुनी तरिकाले बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।



    गैरकानुनी तरिकाले बसिररहेका उनीहरूले शंकास्पद् गतिविधि गरिरहेको सूचना पाएपछि कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।



    उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान तयारी रहेको बयान दिएको बताइएको छ ।

    काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार