Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • अवहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न बार अध्यक्ष घिमिरेको चेतावनी

    अवहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न बार अध्यक्ष घिमिरेको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 114
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद्लाई अवहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न चेतावनी दिएका छन् ।

    मंगलबार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो चेतावनी दिएका हुन् । उनले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताए । न्यायपरिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने पनि उनको भनाई छ ।



    उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अवहेलना मुद्दाको विषय नै नभएका जिकिर गरे ।



    उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रस्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताए ।

    न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्तिजनक भएको र त्यसमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए ।

    तर न्यायपरिषद्ले उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको र जनआस्था गिराउने काम गरेको भन्दै सोमबार अवहेलना मुद्दा दायर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार