Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • एनपिएल : चितवन राइनोजको लोगो सार्वजनिक

    एनपिएल : चितवन राइनोजको लोगो सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिम चितवनले आफ्नो नाम र लोगो घोषणा गरेका छन्।

    चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवनको आधिकारिक नाम चितवन राइनोज हुने भएको हो ।



    चितवन राइनोजले आफ्नो प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ ।



    त्यस्तै, कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको काठमाडौंको आधिकारिक नाम काठमाडौं गोर्खाज हुने भएको छ।

    यसअघि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले पनि आफ्नो नाम घोषणा गरेका थिए।

    एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

    एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ भाग लिँदैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार