Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • प्रधानमन्त्री ओलीले भने – यति ठूलो विपद्का लागि हाम्रो पूर्वतयारी नै थिएन !

    प्रधानमन्त्री ओलीले भने – यति ठूलो विपद्का लागि हाम्रो पूर्वतयारी नै थिएन !

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 132
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकार जनताको साथमा रहेको बताएका छन् ।

    भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



    उनले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताए।



    प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन । पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

    विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले बताए । सरकारको तर्फबाट केही कमजोरी भएको उनले स्वीकारे।

    प्रधानमन्त्री ओलीले यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने बताए ।

    उनले सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाच्न गाह्रो हुने बताए ।

    प्रधानमन्त्री ओलीले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुनपुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार