Online Nepal
  • आइतबार, २० असोज २०८१
  • मिस टिन नेपालमा २० जनाले भाग लिने

    मिस टिन नेपालमा २० जनाले भाग लिने

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 204
    SHARES

    काठमाडौं । काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।

    आयोजक काठमाडौं जेसिजले राजधानीमा पत्रकार सम्मेलन गर्दै १९औँ संस्करणको यो प्रतियोगिताका निम्ति तीन चरणको अडिसनबाट २० प्रतियोगी छनोट भएका जानकारी गराएको हो ।



    मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीलाई छनोट गरिएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् ।



    प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

    विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने अध्यक्ष खड्काले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार