Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री लेखकले गरे बाढीपहिरोको क्षतिबारे ब्रिफिङ

    कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री लेखकले गरे बाढीपहिरोको क्षतिबारे ब्रिफिङ

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 117
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी पहिरोबाट भएको क्षतिबारे ब्रिफिङ गरेका छन् ।

    नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले पहिरोबाट भएको क्षतिबारे ब्रिफिङ गरेका हुन् ।



    उनले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी दिए । गृहमन्त्री लेखकका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको छ ।



    गृहमन्त्री लेखकले सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको बताए ।

    क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको उनले बताए ।

    गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार नै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए ।

    यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनले बताए । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको गृहमन्त्री लेखकको भनाई छ ।

    नख्खु खोलमा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार