Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • साढे ५ किलो चाँदीको गहनासहित भारतीय नागरिक समातिए

    साढे ५ किलो चाँदीको गहनासहित भारतीय नागरिक समातिए

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 141
    SHARES

    कास्की । कास्कीबाट पाँच किलो भन्दाबढी अवैध चाँदीका गरगहनासहित एक भारतीय पक्राउ परेका छन् ।

    पोखरा महानगरपालिका-३२ मजुवामा सवारी चेकजाँचको क्रममा ५ किलो ६९० ग्राम गरगहनासहित ३५ वर्षीय भूषण प्रसादलाई प्रहरीले पक्राउ गरेको हो ।



    भारतको पूर्वी चम्पारण सुगौली थाना-१० घर भएका उनी हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्दै आएका छन् । झोलामा लुकाएको अवस्थामा गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    उनलाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार