Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • अख्तियारद्धारा घुसको रकमसहित अमिन पक्राउ

    अख्तियारद्धारा घुसको रकमसहित अमिन पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 252
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुससहित पक्राउ गरेको छ ।

    अमिन चौलागाईलाई सेवाग्राहीसँग जग्गा कित्ताकाटको सिफारिसका लागि २० हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।



    अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार चौलागाईले जग्गा कित्ताकाट सिफारिस गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा टोली खटिएको थियो ।



    काठमाडौं जिल्ला अन्तर्गत तारकेश्वर नगरपालिका ६ धर्मस्थलीमा चौलागाईले सेवाग्राहीसँग २० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताए ।

    टोलीले सोही स्थानबाट थप ३४ हजार रुपैयाँ श्रोत नखुलेको रकम समेत बरामद गरेको छ। अख्तियारका अनुसार चौलागाईमाथि हाल थप अनुसन्धान जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार