Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • बाढी पहिरोको वितण्डा

    सेनाको हेलिकप्टरबाट २९४ जनाको सकुशल उद्धार

    सेनाको हेलिकप्टरबाट २९४ जनाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 429
    SHARES

    काठमाडौं । बाढीपहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तीव्र पारिएको छ ।

    गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकोप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिकालगायत विभिन्न प्रभावित क्षेत्रमा उद्दारका लागि हेलिकोप्टर परिचान गरिएको हो ।



    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्दार गर्न सकिएन ।



    मौसममा सुधार आएसँगै सेनाको हेलिकोप्टर उद्दारमा निरन्तर खटिएको छ । उनले हालसम्म सेनाको हेलिकोप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा ल्याइएको बताए।

    उद्दार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्कालको राहत सामाग्री पनि उपलब्ध गराइरहेको प्रवक्ता तिवारीले बताए ।

    त्यसैगरी प्रभावित क्षेत्रमा खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको प्रवक्ता तिवारीले बताए।

    आइतबार काभ्रपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो ।

    यहाँको बिपी राजमार्गमा अवरुद्ध सडक खुलाउनुका साथै डोरीको सहायताबाट समेत सुरक्षाकर्मीले अलपत्र यात्रुहरूको उद्दार जारी राखेका छन् भने सो क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ समेत हेलिकोप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

    यता पहिरोका कारण पृथ्वी राजमार्गअन्र्तगत धादिङको झ्याप्ले अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ । विपद्मा अलपत्र परेकाहरूको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता तिवारीका अनुसार हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्दार गरिसकेको छ ।

    खोज, उद्दार तथा राहत कार्यलाई तीव्रता दिने, अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने, अवरुद्ध सडक मर्मत गरी आवागमन सुचारु गर्न सबै सरोकारवाला मन्त्रालय एंव निकायसित समन्वय गरी अघि बढ्ने, विपद्मा परी घाइते भएका नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचार लगायतका काम प्रभावकारी बनाउँदै लैजाने गृह मन्त्रालयको जनाएको छ ।

    बाढी पहिरोमा परी हालसम्म १९३ जनाको ज्यान गएको छ भने ३१ जना बेपत्ता छन्। ९६ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार