Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विपद् व्यवस्थापनमा कमाण्ड सम्हाल्न नसकेको भन्दै धादिङका एसपी हेडक्वाटर तानिए

    विपद् व्यवस्थापनमा कमाण्ड सम्हाल्न नसकेको भन्दै धादिङका एसपी हेडक्वाटर तानिए

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । बाढीपहिरो प्रभावित जिल्ला धादिङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई सरुवा गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले बाढीपहिरो प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणमा भूमिका नखेलेको भन्दै एसपी केसीलाई हेडक्वाटर तानेको हो ।



    एसपी केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।



    बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै धादिङका प्रहरी प्रमुख हेरफेर गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ ।

    यसअघि गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई पनि मन्त्रालयमा तानेको थियो ।

    धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको थियो ।

    उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाइएको छ। तीन दिन परेको अविरल वर्षाले काभ्रे र धादिङमा सबैभन्दा धेरै क्षति गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार