Online Nepal
  • आइतबार, २० असोज २०८१
  • त्रिदेशीय टी–२० सिरिजमा नेपालको पहिलो जित

    त्रिदेशीय टी–२० सिरिजमा नेपालको पहिलो जित

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 273
    SHARES

    काठमाडौं । क्यानडामा जारी त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ ।

    किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।



    नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो ।



    ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।

    नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार