Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • पत्रकार जेल चलान भएपछि समाजवादी प्रेस संगठनका अध्यक्षले भने – अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भयो

    पत्रकार जेल चलान भएपछि समाजवादी प्रेस संगठनका अध्यक्षले भने – अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भयो

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 252
    SHARES

    काठमाडौं । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदीले सर्वोच्च अदालतको ‘सिधा कुरा’विरुद्धको फैसलाप्रति आपत्ती जनाएका छन् ।

    आइतबार सर्वोच्चले फैसला सार्वजनिक गरेलगत्तै नेकपा (एकीकृत समाजवादी) निकट संगठनका अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमार्फत आपत्ती व्यक्त गरेका हुन् ।



    उनले सर्वोच्च अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भएको बताए । उनले लेखेका छन् ‘समाचार लेख्ने पत्रकार (फेक अडियो बनाउने मान्छेबाहेक) लाई जेल पठाउने निर्णय आपत्तिजनक छ । सर्वोच्च अदालतबाटै प्रेसको सुरक्षा र स्वतन्त्रता कुण्ठित भयो ।’



    सर्वोच्च अदालतले ‘सिधा कुरा’ अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानी भएको ठहर गर्दै सिधा कुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाउने फसला गरेको हो ।

    साथै अडियो रेकर्ड गरेका भनिएका राजकुमार तिमल्सिनालाई ६ महिना कैद तोकिएको छ । यो फैसलाको अहिले आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार