Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • ‘समाचारको धर्मबाट कहिल्यै बिचलित हुने छैनौं’ भन्दै जेल गए सिधाकुराका पत्रकार

    ‘समाचारको धर्मबाट कहिल्यै बिचलित हुने छैनौं’ भन्दै जेल गए सिधाकुराका पत्रकार

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 309
    SHARES

    काठमाडौं । अदालतको अवहेलना गरेको ठहर भएसँगै पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरु आफै अदालतको फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवलमा उपस्थित भएका हुन् ।

    आइतबार सर्वोच्चको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जानकारी दिए ।



    उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ।’



    यस्तै उनले जेलबाट छुटेसँगै फेरि सञ्चारकर्ममै रहने र बिचलित नहुने बताए । उनीहरुले सिधाकुरा नामक अनलाइनमार्फत एक अडियो सामग्री प्रकाशन गर्दा अदालतको अवहेलना ठहर भएको हो ।

    सिधा कुराका सम्पादक कँडेल र ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको हो । कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ।

    साथै अडियो रेकर्ड गरेका भनिएका राजकुमार तिमल्सिनालाई ६ महिना कैद तोकिएको छ । अदालतको सो फैसलाको सर्वत्र विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार