Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • यस्तो छ ‘सिधाकुरा’ बारे सर्वोच्चको फैसला [पूर्णपाठ]

    यस्तो छ ‘सिधाकुरा’ बारे सर्वोच्चको फैसला [पूर्णपाठ]

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 144
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको मानहानी गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।

    आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीनतीन महिनाको कैद सजाय सुनाएको हो ।



    यस्तै राजकुमार तिमल्सिनालाई ६ महिना कैद सुनाइएको छ । सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो ।



    कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ । यसैगरी, सिधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ ।

    अनलाइनले लिखितरूपमा माफी मागे जरिवाना पनि माफी हुने छ । बृहत पूर्ण इजलासले चार पटक निर्णय सुनाउने मिति सारेर आइतबार फैसला सुनाएको हो ।

    सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार