Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न ‘हेल्प डेस्क’ राख्ने माओवादीको निर्णय

    बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न ‘हेल्प डेस्क’ राख्ने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 30
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय गरेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।



    बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ।



    माओवादीले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिले राहत कोषमा आर्थिक सहयोग जम्मा गर्ने, राहत र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार