Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • डार्क फाइल प्रकरण

    ‘सिधा कुरा’ का पत्रकार कँडेल र ढुंगानालाई तीन महिना जेल सजाय

    ‘सिधा कुरा’ का पत्रकार कँडेल र ढुंगानालाई तीन महिना जेल सजाय

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 414
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ ।

    सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार सो फैसला गरेको हो ।



    विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकिएको छ भने सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई ३ महिना कैद सजाय तोकिएको छ ।



    यद्यपि, लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिन मात्र कैद बस्नुपर्नेछ। उनीहरूलाइ जनही ५ हजार रूपैयाँ जरिवाना पनि तोकिएको छ।

    सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार