Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • तत्काल उद्धार र पुनर्स्थापनामा जुट्ने सर्वदलीय बैठकको निर्णय

    तत्काल उद्धार र पुनर्स्थापनामा जुट्ने सर्वदलीय बैठकको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 42
    SHARES

    काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार गरेर उचित राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ।

    आज सिंहदरबारमा बसेको उद्धार तथा राहतबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।



    मुख्य राजमार्ग अवरुद्ध भएकाले आवागमन बन्द भएकाले तत्काल सबै संयन्त्र परिचालन गरी सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिने निर्णय गरिएको छ ।



    यसैगरी राजमार्ग, सडकमा भएको क्षति, विद्युत गृह, सञ्चारको क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।

    बिरामीलाई औषधि उपचार गर्ने र तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने निर्णय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार