Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • रास्वपाका प्रवक्ता झा भन्छन् – दुई दिनको पानीले यो सरकारको औकात देखाइदियो !

    रास्वपाका प्रवक्ता झा भन्छन् – दुई दिनको पानीले यो सरकारको औकात देखाइदियो !

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 120
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनिष झाले दुई दिनको पानीले वर्तमान सरकारको औकात देखाइदिएको टिप्पणी गरेका छन् ।

    आज बसेको रास्वपा केन्दीय समितिको बैठकपछि बोल्दै कार्यबाहक प्रवक्ता झाले यस्तो बताएका हुन् ।



    उनले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरे।



    जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उनले आरोप लगाए ।

    रास्वपाका सभापति रवि लामिछाने र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको उनले बताए ।

    उनले असोज १७ रास्वपा सरकारमा हुँदा बाढीको जोखिम रहेको छ भनेर तयारी गरेको भएपनि अहिले नयाँ गठबन्धन बनेर बनेको सरकारले विपद् व्यवस्थापनमा अर्कमण्डयता देखाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार