Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सहकारी ठगीमा दिल्लीबाट पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं ल्याइयो

    सहकारी ठगीमा दिल्लीबाट पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 81
    SHARES

    काठमाडौं। बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

    इमेज सहकारी घोटालाको आरोपमा मेयर नेपालीसहित उनका दाजु ओमबहादुर नेपालीलाई भारतको दिल्लीमा पक्राउ गरेर नेपाल ल्याईएको हो ।



    भारतीय प्रहरीको सहयोगमा उनीहरू दुवैलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।



    उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।

    नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

    पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने सीआईबीले जनाएको छ।

    पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन्।

    उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार