Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

    बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 147
    SHARES

    काठमाडौं । भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो।



    शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।



    उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार