Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित

    पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 75
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो ।

    क्यानडाको किंग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै १२३ रन बनायो । १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।



    नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै, कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए ।



    बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै, साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए । यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार