Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

    बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 45
    SHARES

    काठमाडौं । सरकारले लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ ।

    शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो ।



    बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।



    देशभर अवरुद्ध भएका सडक सञ्जालहश खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको गुरुङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार