Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

    जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 210
    SHARES

    काठमाडौँ । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवतजावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।



    सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।



    विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार